समाज

कैदी महिलाको उपचारकै क्रममा मृत्यु

कैदी महिलाको उपचारकै क्रममा मृत्यु
वैशाख - २० । जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरमपुर–४ निवासी २० वर्षीया सरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अपहरण तथा शरीरबन्धक मुद्दामा २०७१ फागुन १८ गतेदेखि उनी कारगारमा रहेकी थिइन् । उनलाई जिल्ला अदालत झापाले आठ वर्षको कैद फैसला गरेको थियो । सोहीबमाजिम उनले कारागारमा कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ । पाठेघरसम्बन्धी समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले बताए। उनका अनुसार तामाङको उपचारकै क्रममा हिजो मङ्गलबार अस्पतालमा नै मृत्यु भएको थियो।

विशेष