खेल

पुनेले कोलकातालाई हरायो, पुनेको प्ले अफमा पुग्ने सम्भावना बलियो

पुनेले कोलकातालाई हरायो, पुनेको प्ले अफमा पुग्ने सम्भावना बलियो

वैशाख २१ । भारतमा जारी इण्डियन प्रमियर लिग आइपीएलमा राइजिङ पुने सुरपुजाइन्ट्स लीग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । गएराती भएको खेलमो खेलमा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गर्दै पुने तेस्रो स्थानमा उक्लिएको हो ।

कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाताले दिएको १ सय ५६ रनको लक्ष्य पुनेले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । पुनेको जितमा राहुल त्रिपाठीले ९३ रनको उत्कृष्ट पारी खेले ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर १ सय ५५ रनको योगफल तयार गरेको थियो । कोलकाताका लागि मनिष पाण्डेले ३७ तथा कोलिन डी ग्रान्डोम्मेले ३६ रन बनाए । पुनेका जयदेभ र वासिंगटन सुन्दरले समान दुई दुई विकेट लिए ।

जितसँगै पुने अंकतालिकाको तेश्रो स्थानमा उक्लिएको पुनेले ११ खेलबाट १४ अंक जोडेको छ । र, प्ले अफमा पुग्ने सम्भावना जिवितै राखेको छ । पराजित कोलकाता ११ खेलबाट १४ अंक नै जोडेर दोस्रो स्थानमा छ ।

Ipl

विशेष