ताजा खबर

गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा फिर्ता लिए, आजैबाट काममा फर्कने

गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा फिर्ता लिए, आजैबाट काममा फर्कने
वैशाख २१ । गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा फिर्ता लिएका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र निधीबीच आज विहान छलफल भएको थियो । उक्त बैठकमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिएर काममा र्फकन आग्रह गरेका छन् । गृहमन्त्रीबारे नै बुधबार राति अबेरसम्म कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलमा सभापति देउवाले निधीलाई राजीनामा फिर्ता लिएर गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए । प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध महाअभियोग दर्ता भएपछि कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका निधीले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । अब उपप्रधान तथा गृहमन्त्री निधी सरकारको बरियतामा दोस्रो स्थानमा रहनेछन् ।

Bimaledra nidi

विशेष