मनोरञ्जन

सोनम र अक्षयलाई मिल्यो राष्ट्रिय अवार्ड

सोनम र अक्षयलाई मिल्यो राष्ट्रिय अवार्ड
वैशाख २१ । भारतको राष्ट्रपति भवनमा राष्ट्रपति प्रणव मुखर्जीले बुधवार ६४ औँ राष्ट्रिय फिल्म अवार्ड दिएका छन् । अभिनेत्री सोनम कपूरलाई फिल्म ‘निरजा’ बाट स्पेसल मोसन अवार्ड दिइएको थियो । त्यस्तैगरि अभिनेता अक्षय कुमारलाई पहिलो पटक राष्ट्रिय अवार्ड मिल्यो । बेस्ट एक्टरको क्याटागोरी अक्षयलाई उक्त अवार्ड मिलेको हो । फिल्म ‘रुस्तम’ मा उत्कृष्ट प्रस्तुतीका लागि उक्त अवार्ड मिलेको हो । टीनु सुरेश देसाईको निर्देशनमा बनेको फिल्म ‘रुस्तम’ मा अक्षयले नेवी अफीसर रुस्तम पावरीको भूमिका निभाएका थिए । फिल्म सन १९५९ मा घटेको मर्डर केसमा आधारित रहेर बनेको थियो । यस्तैगरि राम माधवानीको निर्देशनमा बनेको फिल्म ‘निरजा’ बाट सोनम कपूरले स्पेशल मोसन अवार्ड हासिल गरिन् । सत्यकथामा आधारित उक्त फिल्ममा नीरजाले विमानका यात्रुहरुलाई कसरी आतंककारीबाट बचाउँछिन् भन्नेबारे देखाइएको छ । राष्ट्रिय अवार्डलाई लिएर अभिनेता अक्षय कुमार पछिल्लो समय निकै विवादमा परेका थिए ।

विशेष