Technology

तीन महिनामा फेसबुकले कमायाे ३ अरब डलर, प्रयोगककर्ता दुई अरब नजिक

तीन महिनामा फेसबुकले कमायाे ३ अरब डलर, प्रयोगककर्ता दुई अरब नजिक
वैशाख – २२ । सामाजिक संजाल फेसबूकका प्रयोगकर्ता दुई अरबको हाराहारीमा पुगेका छन् । कम्पनीले नयाँ तथ्याङक सार्वजनिक गर्दै फेसबूक प्रयोग कर्ता दैनिकरुपमा वढेर एक अरब ९४ करोड पुगेको बताएको छ । कम्पनीका अनुसार प्रत्येक दिन ३० करोड प्रयोगकर्ताले नयाँ खाता खोल्ने गरेका छन् । फेसबुकको २०१७ सालको पहिलो तीन महिनाको अवधीमा तीन अरब डलर मुनाफा गरेको छ । अघिल्लो वर्षको पहलो तीन महिनाको भन्दा यो मुनाफ ७६ प्रतिशतले वढी हो । तर, कम्पनीको आंकलन अनुसार विज्ञापनबाट प्राप्त हुने कमाई आउँदो समयमा कम हुने छ । किन कम हुन भन्ने बारेमा फेसबुकले खुलाएको छैन । कम्पनीले आपत्तिजनक र हिंसा प्रधान विषयवस्तुलाई रोक्न नसकेका कारण आलोजना झेल्नु परेको छ । आफ्ना विज्ञापनमा पनि केही कडाइ गरेका कारण फेसबूकको कमाइमा गिरावट आउने बताइएको छ । बुधबार फेसबूकले तीन हजार कर्मचारी थप्ने बताएको थियो ।

Facebook

विशेष