Technology

यस्तो छ, विकिपिडियाको प्रतिद्वन्दी चिनियाँ इन्साइक्लोपिडिया

यस्तो छ, विकिपिडियाको प्रतिद्वन्दी चिनियाँ इन्साइक्लोपिडिया
वैशाख – २१ । चीनले आगामी वर्ष आफ्नो राष्ट्रिय इन्साइक्लोपिडिया इन्टरनेटमा ल्याउने भएको छ । यसको सिघा असर अनलाइन विश्वकोश विकिपिडियामा देखिने भएको छ । चिनियाँ अधिकारीका अनुसार उक्त योजनाका लागि सरकारले २० हजार कर्मचारी नियुक्त गरेको छ । सरकारी विश्वविद्यालयबाट चुनिएका शिक्षक यस योजनालाई सहयोग गर्ने छन् । तर, विकिपिडियामा भने जुनसुकै व्यक्तिले कुनै पनि जानकारीका बारेमा लेख्न सक्छन् । चीनले लन्च गर्न लागेको इन्साइक्लोपिडियामा कम्तीमा तीन लाख पाना (पेज) हुने छ । एक पेजमा कम्तीमा हजार शब्द हुने बताइन्छ । चीनमा विकिपिडिया उपलब्ध भएपनि कतिपय पेजमा रोक लगाएको छ । यो योजनाका मुख्य सम्पादक यान्ग मुझीले केही सयम पहिला भनेका थिए, ‘यो कुनै किताव हुने छैन, यो संस्कृतिको ठूलो पर्दा हुने छ ।’ मुझी बुक्स एन्ड पेरियोडिकल्स डिस्ट्रिब्युसन एसोसिएशन अफ चाइनाका अध्यक्षसमेत हुने । उनले चीनको यो नयाँ योजनालाई विकिपिडियाको प्रतिद्वन्दी मान्छन् । चीनमा जनता र समाजका लागि आफ्नै प्लैटफार्म बनाउनु पर्ने अन्तर्राष्ट्रिय दवाव छ । चीन सरकारले अनलाइन एन्साइक्लोपिडिया बनाउने योजना २०११ मा मन्जुरी दिएको थियो तर, यसको काम सुरु भने अहिलेबाट भएको हो ।

विशेष