मनोरञ्जन

यस्ता छन् बाहुबलीका प्रभासबारे थाहा नभएका ८ तथ्य

यस्ता छन् बाहुबलीका प्रभासबारे थाहा नभएका ८ तथ्य

वैशाख २१ । भारतमा यतिबेलाको बहुचर्चित फिल्म हो ‘बाहुबली २’ । औसत रुपमा हेर्दा कुनै पनि फिल्मको सिक्वेलले यतिल धेरै सफलता हासिल गरेको पहिलो फिल्म हो ‘बाहुबली २’ । फिल्मका अभिनेता प्रभासबारे केही थाहा नभएका तथ्य यस्ता छन् ।

१) ६०० दिन र पाँच वर्षको मेहनत

अन्य कलाकारहरु वर्षमा धेरै फिल्ममा काम गर्न व्यस्त भइरहेको समयमा प्रभासले एक समयमा एउटैमात्र फिल्मा काम गर्ने गर्छन् । फिल्म ‘बाहुबली’ को लागि उनले करिब ६०० दिनसम्म सुट गरे भने बाहुबली फ्रानचाइजको लागि उनले करिब पाँच वर्षसम्म निरन्तर मेहनत गरेका थिए ।

२) राजमौलीसँगको तेस्रो सहकार्य

निर्देशक एस एस राजमौलीसँग प्रभासको यो तेस्रो सहकार्य हो । सन् २००५ मा प्रभासले राजमौलीसँग ‘क्षत्रपति’ मा काम गरेका थिए । दोस्रो फिल्म ‘बाहुबली’ र तेस्रो ‘बहुबली २’ मा काम गरेका हुन् ।

३) वर्क आउट

प्रभासले फिल्मको लागि आफ्नो जिउडालमा पनि धेरै मेहनत गरेका छन् । फिल्ममा शिवादुको भूमिकाको लागि उनी ८७ किलोबाट ८२ किलोमा पुगे । त्यसपछि बाहुबलीको भूमिकाको लागि उनीले आफ्नो वजन १०५ किलो बनाएका थिए । वजन बढाउनका लागि उनी दैनिक ४० वटा उसिनेको अण्डा खाने गर्दथे । वजन बनाउनको लागि उनलाई सन् २०१० का मिस्टर वल्र्डले तालिम दिएका थिए ।

४) किताबका पारखी

प्रभास फुर्सदमा किताब पढ्न एकदमै रुचाउँछन् । जति व्यस्त भएपनि उनी आफूलाई गर्न मन लागेका कामको लागि भने समय जुटाउँछन् । किताब पढ्नका पारखी प्रभासले घरमा आफ्नो व्यक्तिगत पुस्तकालय नै बनाएका छन् ।

५) लजालु स्वभाव

प्रभास लजालु अभिनेतामध्येमा पर्छन् । यसकासाथै उनी भारतका अन्य अभिनेताका तुलनामा कन्ट्रोभर्सीमा फसेका छैनन् । कामको मामलामा उनी निकै मेहनती मानिन्छन् ।

६) विवाहको प्रस्ताव

प्रभासलाई अहिलेसम्म करिब ६००० वटा विवाहका लागि प्रस्ताव आइसकेका छन् ।

७) बाहुबलीको लागि १० करोडको अफर त्याग

प्रभासले बाहुबलीको लागि सुट गरिरहेको समयमा उनलाई १० करोडको विज्ञापनको अफर आएको थियो । तर, फिल्ममा पूर्ण रुपमा ध्यान दिनका लागि उनले कुनै पनि अन्य काममा हात नहाल्ने निर्णय गरेका थिए ।

८) प्रकृति प्रेमी

प्रभास प्रकृतिप्रमी पनि हुन् । उनी चराचुरुंगीलाई पिंजडामा राख्न मन पराउँदैनन् । प्रभासको घरको बगैँचा धरै चराचुरुंगीको बासस्थान बन्न् पुगेको छ । उनको बगैँचामा चराचुरुंगीलाई आफ्नै हिसाबले उडेर फर्किने स्वतन्त्रता दिइएको छ ।

prabash

विशेष