खेल

नेपाल फिफा वरीयतामा तीन स्थान तल

नेपाल फिफा वरीयतामा तीन स्थान तल
वैशाख २१ । विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल तीन स्थान तल झर्दै १७३औं स्थानमा रहेको हो । नेपालको ११० अंक रहेको छ । त्यस्तै, भारत एक स्थान सुधार गर्दै १००औं स्थानमा बढुवा भयो । ३३१ अंक जोडेको भारत दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा उच्च स्थानमा छ । त्यसैगरी, माल्दिभ्स एक स्थान तल झर्दै १५२औं स्थान, भुटान १६४औं स्थानमा यथावत् छ भने बंगलादेश १९३औं स्थानमा छ । त्यस्तै, श्रीलंका १९७औं तथा पाकिस्तान २०१औं स्थानमा छ । विश्व वरीयतामा ब्राजिल शीर्ष स्थानमा छ भने अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा छ ।

फिफा

विशेष