रुखले किचेर एक बालिकाको निधन

वैशाख २२ । जाजरकोटको कुशे गांगपालिकामा बिहिबार आएको हावाहुरुले रुख ढलेर एक बालीकाको मृत्यु भएको छ ।
रुखले किचेर मृत्यु हुने बालीकामा कुशे गाउँपालीका– ४ का जंगबहादुर शाहीकी १२ बर्षिय छोरी रमिता शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
बिहीवार बिहान आफ्नै दिदी पुष्पा शाहीसंग बाटुल्यबजार पुगेर पुस्तक किनेर घर तर्फ फर्किदै गर्दा गोयामा हावाहुरीले ढलेको रुखले किचेर घाईते भएकी रमितालाई उपचारका लागी स्वास्थ्यचौकी तर्फ लैजादैं गर्दा विचवाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ
Jajarkot