मनोरञ्जन

आमीरले जिवनभर बनाएको रेकर्ड ६ दिनमै तोड्यो ‘बाहुबली २’ ले

आमीरले जिवनभर बनाएको रेकर्ड ६ दिनमै तोड्यो ‘बाहुबली २’ ले

वैशाख २२ । रिलिज अगावै एक सय कराडको व्यापार गरेको फिल्म ‘बाहुबली २’ ले छ दिनमा सबै हिन्दी फिल्मको किर्तिमानलाई तोडेको छ ।

फिल्म रिलिजको ६ दिनमा मात्र निर्देशक राजामौलीको फिल्मले विश्वव्यापी रुपमा आठ सय करोड भारु कमाइसकेको छ । भारतको बक्सअफिसको रिपोर्टअनुसार आमीर खान अभिनित फिल्म ‘पिके’ ले विश्वव्यापी रुपमा गरेको कूल कमाई ७ सय ४३ करोड भन्दा ५७ करोडले बढि हो । गत डिसेम्बरमा सार्वजनिक भएको आमिर खान अभिनित फिल्म ‘दंगल’ले विश्वव्यापी रुपमा ७ सय १८ करोडको व्यापार गरेको थियो ।

रिलिजको पहिलो दिन एक सय भन्दा बढि कमाइ गरेको फिल्म ‘बाहुबली २’ लाई यसपाली ४ वटा भाषामा डबिङ गरिएको थियो । जसबाट सबभन्दा बढि व्यापार हिन्दी संस्करणमा गरिएको बताइएको छ । ‘बाहुबली २’ भारतमा मात्र ६ सय करोडको व्यापार गर्ने पहिलो चलचित्र बन्न पुगेको छ ।

विशेष