समाज

हिसानद्वारा कक्षा ११ का विद्यार्थीलाई सम्मान

हिसानद्वारा कक्षा ११ का विद्यार्थीलाई सम्मान

वैशाख २२ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) द्वारा कक्षा ११ को केन्द्रीय परीक्षामा उच्च अङ्क ल्याउने विद्यार्थीलाई हिसान विद्यार्थी सम्मान २०७३ द्वारा सम्मान गरिएको गरेको छ ।

हिसान अन्तर्गत रहेको हिसान केन्द्रीय परीक्षा समितिद्वारा गत चैत्र र यही बैशाखमा महिनामा सञ्चालित केन्द्रीय परीक्षामा सहभागी देशभरका विद्यार्थीबाट छानिएका करिब तीन सय विद्यार्थी सम्मानित भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा हिसानका केन्द्रीय अध्यक्ष रमेश कुमार सिलवालले विद्यार्थीहरुलाई सम्मान गर्दै आगामी असारमा संचालन हुने बार्षिक परीक्षामा अझ राम्रो गर्दै सधै सम्मानित हुने बातावरण सिर्जना गर्न आग्रह गरे ।

आउँदो असार १ गतेबाट सञ्चालन हुने वार्षिक परीक्षामा राम्रो नतिजा ल्याउन सकून भन्ने उद्देश्यले विद्यार्थीमा हौसला थप्न हिसानले परीक्षा र यस्तो सम्मान कार्यक्रमको आयोजना गरेको हिसान केन्द्रीय परीक्षा समितिका संयोजक तथा हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले बताउनु भयो ।

परीक्षालाई मर्यादित बनाउँदै परीक्षाप्रतिको आकर्षण र पढ्ने बानीको विकास गर्नु परीक्षा समितिको लक्ष्य रहेको जानकारी परीक्षा नियन्त्रक सरोज घिमिरेले दिनुभयो ।नयाँ वानेश्वरको अल्फा हाउसमा सम्पन्न उक्त कार्यक्रम परीक्षा समितिका संयोजक तथा हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माको सभापतित्वमा भएको थियो । कार्यक्रममा हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठ,सचिव रामहरी सिलवाल लगायतले आगामि दिनमा अझ राम्रो गर्न विद्यार्थीलाई शुभकामना दिए ।

कक्षा ११ को विज्ञान सङ्कायतर्फ ८५ प्रतिशतभन्दा माथि र व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायतर्फ ८० प्रतिशत अङ्क हासिल गरेका विद्यार्थीलाई हिसान उत्कृष्ट विद्यार्थी सम्मान प्रदान गरिएको थियो । यसै गरी विज्ञान सङ्कायतर्फ ८० प्रतिशतभन्दा माथि र व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायतर्फ ७५ प्रतिशत अङ्क हासिल गरेका विद्यार्थीलाई हिसान मेधावी विद्यार्थी सम्मान प्रदान गरिएको थियो । यस अघि कक्षा १२ मा उत्कृष्ठ अंक विद्यार्थीहरुलाई पनि हिसानले सम्मान गरेको थियो ।

विशेष