मनोरञ्जन

फिल्मको पोस्टर सार्वजनिक गर्न कंगना किन पुगिन् घाटमा ?

फिल्मको पोस्टर सार्वजनिक गर्न कंगना किन पुगिन् घाटमा ?
बैशाख - २२ । बलिउड अभिनेत्री कंगना रनौट आफ्नो फिल्म ‘द क्वीन अफ झाँसी’ को पोस्टर रिलिज गर्नका लागि घाटमा पुगिन् । बनारसको घाटमा पुगेर उनले उक्त पोस्टर सार्वजनिक गरेकी हुन् । बाराणसीको दशाश्मेधमा उक्त फिल्मको २० फिट अग्लो पोस्टर सार्वजनिक गरिएको हो । पोस्टर सार्वजनिक गरेपछि कंगनाले गंगामा आयोति आरतीमा पनि भाग लिइन् । यो कंगनाले अभिनय गरेको पहिलो एतिहासिक फिल्म हो । झाँसीकी रानी लक्ष्मीबाइको जीवनमा आधारित उक्त फिल्म आउँदो वर्षको अप्रिल महिनाको २७ तारिखमा रिलिज हुने बताइएको छ ।

kangana ranaut

विशेष