समाज

ब्रेनट्युमरले आँखाको ज्योति गुमेपछि १३ वर्षीया सरस्वती खड्काको पढने इच्चा अधुरै

ब्रेनट्युमरले आँखाको ज्योति गुमेपछि १३ वर्षीया सरस्वती खड्काको पढने इच्चा अधुरै

वैशाख – २२ । बर्दियाको गुलरिया नगरपालिका ४ तुल्सीपुरकी एक बालिकाको ब्रेनट्युमर रोगका कारण दुबै आँखाको ज्योति गुमेको छ । गुलरिया ४ तुल्सीपुर गाउँकी १३ वर्षीया सरस्वती खड्का ब्रेनट्युमर रोगका कारण दुवै आँखाको ज्योति गुमेको हो । ब्रेनट्युमर रोग लागेपछी उपचारकै क्रममा दुवै आँखा नदेख्ने भएपछि सरस्वतीको पढ्ने सपना अधुरै भएको छ । धेरै पढेर शिक्षक बन्ने सपना बोक्नु भएकी सरस्वती एक्कासी दृष्टिबिहिन बनेपछि विद्यालय जानसमेत नसक्ने भएकी छिन् । गुलरीया तुल्सीपुरको ध्रुव माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत सरस्वती आँखा नदेख्ने भएदेखि विद्यालय जान छाडेकी हुन् । शिक्षक बन्ने लक्ष्य लिएकी सरस्वती भन्छिन्, ‘बुवाले उपचारमा केही खर्च गर्नुभयो, तर मेरो आँखा ठीक भएन, अब बुवासंग पनि पैसा छैन, कसैले उपचार गरिदिए मैले संसार देख्न पाउने थिएँ र आफ्नो सपना पनि पूरा गर्ने थिएँ ।’ सरस्वतीले अहिले दुखाइ कम गर्ने औषधि खाएर घरमै बसेकी छिन् । उपचारमा धन सबै सकियो बाँकी उपचार कसरी गर्ने होला भन्ने चिन्ता बाउआमालाई छ । ‘गरिब हुनु पनि अभिषापै रहेछ कसैले सहयोग गरेर छोरीको जिन्दगी वचाई दिए ठूलो कल्याण हुने थियो, यो छोरीले आँखा देख्न पाँउथी की’ सरस्वतीकी आमा नैनसरा खडकाले भनिन् । सक्दो उपचार गरियो, अब कसरी उपचार गर्ने यो छोरीको उपाय नै छैन, आर्थिक अवस्था कमजोर छ, उपचारकै लागि एक हल गोरु र भैंसी बेचेर दुई लाख ४० हजार रुपैयाँ सकियो तर छोरीलाई ठीक भएन, सरस्वतीकी आमाले थपिन् । विद्यालयकी सामान्य विद्यार्थी भएपनि छ वहिनीछोरी मध्ये साईँली छोरी सरस्वती मिहिनती भएको ध्रुव माध्यमिक विद्यालयका शिक्षक अर्जुन आचार्यले बताए । ‘सरस्वतीको पारिवारिक स्थिति पनि दयनिय छ, घरवास मात्रै छ, अरु जग्गा जमिन छैन, पारिवारिक अवस्था कमजोर भएकै कारण उनको उपचार हुन नसक्नु दुःखको विषय हो, त्यसैले कसैले उनको उपचारमा सहयोग गरीदिए हुन्थ्यो,’ ध्रुव माध्यमिक विद्यालयका शिक्षक अर्जुन आचार्यले भने ।

विशेष