Technology

दक्षिण एसियालार्इ अन्तरीक्ष प्रविधिमा जोड्न ‘साउथ एसिया स्याटेलाइट’ सुरु

दक्षिण एसियालार्इ अन्तरीक्ष प्रविधिमा जोड्न ‘साउथ एसिया स्याटेलाइट’ सुरु

बैशाख - २२ । भूउपग्रहका माध्यमबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रलाई जोड्ने उद्देश्यका साथ शुक्रबारदेखि ‘साउथ एसिया सेटलाइट’ शुभारम्भ गरिएको छ । ‘साउथ एसिया स्याटेलाइट’ नामबाट सुरु गरिएको सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकापसमा बधाई ज्ञापन गरेका थिए। भूउपग्रहको शुभारम्भसँग भएको भिडियो कन्फरेन्समा प्रधानमन्त्री दाहालले यसको विकासबाट दक्षिण एसिया अन्तरीक्ष प्रविधिमा आत्मनिर्भर भएको र यसले यस क्षेत्रका मुलुकलाई एकापसमा जोड्ने तथा जनताको जीवनस्तरमा सुधार ल्याउने बताए। उनले यसबाट खासगरी सूचना तथा स्वास्थ्य सेवा, दूरशिक्षा, सूचना प्रविधि, मौसम विज्ञान, दैवीप्रकोप व्यवस्थापन र वैज्ञानिक अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। प्रधानमन्त्री दाहालले हिमाली र दुर्गम क्षेत्रको सञ्चार प्रणालीको विस्तारमा समेत सघाउ पु¥याउनाका साथै मानव स्रोतको विकासमा समेत नेपाललाई सहयोग पुग्ने हुँदा सो सुविधाबाट अधिकतम लाभ हासिल गर्नुपर्नेमा जोड दिए। सन् २०१४ को नोभेम्बरमा काठमाडौँमा सम्पन्न १८ औँ सार्क शिखर सम्मेलनका क्रममा भारतका तर्फबाट प्रधानमन्त्री मोदीले ‘साउथ एसिया सेटलाइट’बारे प्रस्तुत गरेका थिए। शुभारम्भका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले यस क्षेत्रका जनतालाई बधाई दिँदै दक्षिण एसियाली क्षेत्रको विकासमा यस कार्यले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिए।

विशेष