खेल

फिफाले लियो मेसीको प्रतिबन्ध फिर्ता

फिफाले लियो मेसीको प्रतिबन्ध फिर्ता
वैशाख–२३ । अर्जेन्टिनी स्टार स्ट्राइकर लिओनल मेसीमाथि लगाइएको प्रतिबन्धलाई फिफाले फिर्ता लिएको छ । गत मार्चमा चिलीलाई १–० ले हराएको खेलमा मेसीलाई रेफ्रिमाथि अपशब्द प्रयोग गरेको आरोपमा चार अन्तराष्ट्रिय खेलमा प्रतिबन्ध गरिएको थियो । रेफ्री कमिटीको प्रतिवेदन र भिडियो फुटेजमा प्रमाण अपुग भएपछि फिफाले उनको ४ खेल प्रतिबन्धको निर्णय फिर्ता लिएको हो । प्रतिबन्धका कारण मेसीले विश्वकप छनौटअन्तर्गत बोलिभियाविरुद्धको खेल खेल्न पाएनन् । उक्त खेलमा अर्जेन्टिना २–० ले पराजित भएको थियो । अर्जेन्टिना फुटबल संघ र मेसीको अपीलपछि फिफाले उनको ४ खेल निलम्बनको निर्णय फिर्ता लिएको हो । विश्वकप छनौटमा अर्जेन्टिना पाँचौं स्थानमा छ । दक्षिण अमेरिकी छनोटमा शीर्ष चारमा रहने टोलीले सिधै विश्वकप खेल्न पाउने प्रावधान छ । पाँचौ स्थानको टिमले प्लेअफ खेल्नु पर्नेछ । अब अर्जेन्टिनाले मेसीको उपस्थितिमा विश्वकप छनौटअन्तर्गत उरुग्वे, भेनेजुएला र पेरुसँग खेल खेल्दै छ । उनी माथि लागेको ७ हजार ८ सय स्टर्लिङ पाउण्डको जरिवाना पनि नलाग्ने भएको छ ।

प्रतिबन्ध फिफा विश्वकप छनौट

विशेष