खेल

आइपिएलः पञ्जावको प्लेअफमा पुग्ने सम्भावना कायम, बैंग्लोर १९ रनले पराजित

आइपिएलः पञ्जावको प्लेअफमा पुग्ने सम्भावना कायम, बैंग्लोर १९ रनले पराजित
वैशाख–२३ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाव विजयी भएको छ । रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा पञ्जाव १९ रनले विजयी भएको हो । पञ्जावले प्रस्तु गरेको एक सय ३९ रनको लक्ष्य पछ्याएको बैंग्लोर १९ ओभरमा अल आउट हुँदै एक सय १९ रन मात्र बनाउन सफल भयो । बैंग्लोरका लागि मन्दीप सिंहले सर्वाधिक ४६ रन बनाएका थिए । त्यस्तै पवन नेगीले २१ तथा एबी डी भिलियर्सले १० रन बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् । पञ्जावको लागि सन्दीप शर्मा र अक्षर पटेलले समान तीन–तीन विकेट तथा मोहित शर्मा र ग्लेन म्याक्सवेलले दुई–दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । पञ्जावको लागि अक्षर पटेलले नटआउट ३८ रन बनाए । त्यस्तै मनन वोहराले २५, ऋद्धिमन शाहले २१ तथा शान मार्सले २० रन बनाए । बैंग्लोरका लागि अनिकेत चौधरी र युझभेन्द्र चाहलले समान दुई–दुई विकेट लिए । त्यस्तै श्रीनाथ अर्भिन्ड, शेन वाट्शन र पवन नेगीले समान एक–एक विकेट लिए । जितपछि पञ्जाबको प्लेअफमा पुग्ने सम्भावना कायम रहेको छ । पाँचौं स्थानमा रहेको पञ्जाबको १० अंक भएको छ । उसले अब चार खेल खेल्न बाँकी छ । दुई खेल बाँकी रहँदा पुछारमा रहेको बैंग्लोरको पाँच अंक छ ।

आइपिएल किंग्स इलाभेन पञ्जाव रोयल च्यालेन्जर्स बैंग्लोर

विशेष