समाज

टिपरको ठक्करबाट मृत्यु, सडक अवरुद्ध

टिपरको ठक्करबाट मृत्यु, सडक अवरुद्ध
वैशाख–२३ । महेन्द्रनगरकाे सपहीमा आज बिहान टिपरले ठक्कर दिँदा सपही निवासी ५५ वर्षीय वैजनाथ साहको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार जनकपुर–ढल्केवर राजमार्गअन्तर्गत सपही सडकखण्डमा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्स्पेक्टर नरेश सिंहले बताए । बिहान ५ बजे ढल्केवरतर्फबाट जनकपुर जाँदै गरेको ना ७ ख २२६३ नंको टिपरले बाटो काट्ने क्रममा साहलाई ठक्कर दिएको थियो । दुर्घटनापछि टिपर र चालकलाई वडा प्रहरी कार्यालय मुजेलियाले नियन्त्रणमा लिएको छ । अहिले दुर्घटनापछि स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका छन् ।

टिपर ठक्कर मृत्यु

विशेष