मनोरञ्जन

‘चण्डिका’ बन्याे सर्वोत्कृष्ट लघुचलचित्र

‘चण्डिका’ बन्याे सर्वोत्कृष्ट लघुचलचित्र
वैशाख - २३ । नेपाली सेनाद्वारा आयोजित यस वर्षको लघुचलचित्र प्रतियोगितामा ‘चण्डिका’ सर्वोत्कृष्ट घोषित भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा आयोजित समारोहमा दिनेशकुमार प्रजापतिले निर्माण गरेको उक्त चलचित्रलाई दुई लाख नगद र प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा कृष्णशरण बुढाथोकीको ‘कल अफ डियुटी’ दोस्रो भयो भने सागर अर्यालले निर्माण गरेको ‘प्रेरणा’ लघुचलचित्रले तेस्रो पुरस्कार प्राप्त गर्न सफल भयो । दोस्रो र तेस्रो हुनेलाई क्रमश एक लाख पचास हजार र एक लाख नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरियो । नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित र नवप्रवेशी कलाकार एवं चलचित्र निर्मातालाई प्रोत्साहित गर्दै प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघुचलचित्र निर्माण गरी मुलुकको कला, संस्कृति र पहिचानलाई मजबुत् बनाउन सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । समारोहमा नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही वार्षिक २०७३’ तथा ‘शिवपुरी जर्नल–२०१६’ मा प्रकाशित लेखका सर्जकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

विशेष