मनोरञ्जन

जस्टिन बिबरको सुरक्षाको जिम्मा सलमानका बडिगार्डले लिने

जस्टिन बिबरको सुरक्षाको जिम्मा सलमानका बडिगार्डले लिने
वैशाख - २३ । क्यानडाका चर्चित गायक जस्टिन बिबरको भारतमा हुने कन्सर्टकाे जिम्मेवारी शेराको कम्पनीले लिएकाे छ । उनको सुरक्षाको जिम्मा बलिउड अभिनेता सलमान खानका बडिगार्ड शेराले पाएका हाे। शेराले सलमानको देश विदेशमा हुने धेरै भ्रमणमा सुरक्षा दिएका छन् । पछिल्लो समय सलमानको ‘द ब्याङ’ टुरमा पनि सलमानको सुरक्षामा खटिएका शेराको कामको कारण उनले अहिले जस्टिनको सुरक्षा गर्ने अवसर पाएको बताइन्छ । शेरा बाहेक जस्टिनको सुरक्षाको लागि मुम्बाई प्रहरी, लन्डनको विशेष पुलीस फोर्स र बिबरका आफ्ना गार्ड पनि साथमा रहनेछन् । विश्व चर्चित गायक जस्टिनको लागि यतिबेला भारतमा तयारी पनि भव्य रुपमा हुँदै गरेको बताइएको छ ।

सलमान खान

विशेष