‘डियर माया’बाट मनिशाकाे कमब्याक (भिडियोसहित)


वैशाख २३ । पाठेघरको क्यान्सर भएपछि लामो समयसम्म फिल्म क्षेत्रबाट पलायन भएकी मनिशा कोइराला पुनः फिल्म क्षेत्रमा कमब्याक भएकी छिन् । फिल्म ‘डियर माया’ बाट उनले पुनरागमन गरेकी हुन् । मायादेवीको भूमिका निभाएकी अभिनेत्री कोइराला फिल्ममा मुख्य भूमिकामा देखिँदै छिन् । जुन २ मा रिलिज हुने उक्त फिल्ममा उनलाई एक वृद्धाको भूमिकामा देख्न सकिन्छ । यसका अलाबा उनी अहिले राजकुमार हिरानी निर्देशित सञ्जय दत्तको बायोपिकमा फिल्ममा पनि देखिदैँ छिन् ।
manisha koirala