Technology

साउथ एसिया स्याटेलाइट प्रक्षेपण, नेपाललाई पनि सुविधा

साउथ एसिया स्याटेलाइट प्रक्षेपण, नेपाललाई पनि सुविधा
बैशाख २४ । भारतले शुक्रबार प्रक्षेपण गरेको साउथ एसिया स्याटेलाइछ भू–उपग्रहमा नेपाल सहित छिमेकी राष्ट्रहरुलाई विशेष सुविधा दिने घोषणा गरेको छ । तर उक्त सुविधा उपभोग गर्न सबै छिमेकी राष्ट्रले आफ्नै अर्थ स्टेसन सहितका पूर्वाधार खडा गर्नुपर्नेछ । शुक्रबार भारतले बहुप्रतीक्षित उक्त स्याटेलाइट प्रक्षेपण गरेको थियो । उक्त स्याटेलाइटमा भारतले दक्षिण एसियाली छिमेकीलाई सुविधा दिने घोषणा गरेको छ । नेपालका लागि पनि दुई स्लटमा ३६ मेगाहर्ज सुविधा दिने घोषणा गरेको छ । सउथ एसिया स्याटेलाइट नाम दिएको उक्त योजनामा पाकिस्तान भने सहभागी छैन् । छिमेकी देशलाई केही सुविधा दिने भनेर भारतले भारतले घोषणा गरेकाले नेपालले पनि सो सुविधा प्रयोग गर्न सक्ने सूचना तथा संचार मन्त्रालयका प्रबक्ता रामचन्द्र ढकालले बताए । ‘भारतले उक्त स्याटेलाइटमा केही सुविधा दिने भनेको छ तर के कति भन्ने यकिन भएको छ्रैन्,’ ढकालले भने, ‘त्यो सुविधा प्रयोग गर्न नेपालले पनि केही तयारी गर्नुपर्छ ।’ नागरिक

south asia

विशेष