समाज

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

वैशाख २४ । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आइतबार बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ ।

अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व थिए । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएका थिए ।

प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २ः०० बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने र ३ः०० बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । उनकी एक छोरी छिन् ।

विशेष