म्यानचेस्टर सिटीको च्याम्पियन्स लिगमा छनौट सम्भावना बलियो


वैशाख–२४ । आउँदो सिजनको च्याम्पियन्स लिग फुटबलका लागि म्यानचेस्टर सिटीले छनौट हुने सम्भावना बलियो बनाएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा सिटीले क्रिष्टल प्यालेसलाई ५–० को प्रभावशाली जित दर्ता गर्दै सम्भावना बलियो बनाएको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन डेभिड सिल्भा, विन्सेन्ट कम्पनी, केविन डी ब्राउन, रहिम स्टर्लिङ र निकोलस ओटामेन्डीले गोल गरे । खेलको दोस्रो मिनेटमै सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता पाएको सिटीको लागि ४९ औं मिनेटमा कम्पनीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यस्तै ५९ औं मिनेटमा डी ब्राउन, ८२ औं मिनेटमा स्टर्लिङ र इन्जुरी समयमा ओटामेन्डीले गोल गरेपछि सिटी ५–० ले विजयी भएको हो । जितसँगै तेस्रो स्थानमा उक्लिएको सिटीको लिगका तीन खेल बाँकी हुँदा ६९ अंक भएको छ । सिटी चौथो स्थानको लिभरपुलसँग अंक बराबरी भएपछि गोलअन्तरमा अघि छ । म्यानचेस्टर सिटी