मनोरञ्जन

बिफ पार्टीमा काजोलको स्पष्टिकरण, बिफ हैन भैंसीको मासु थियो

बिफ पार्टीमा काजोलको स्पष्टिकरण, बिफ हैन भैंसीको मासु थियो
वैशाख २५ । भारतीय अभिनेत्री काजोल देवगणले आफ्नो साथीको रेष्टुरेन्टमा बीफको स्वाद लिएको भिडियो बाहिरएपछि उनले त्यसको बारेमा बोल्नै पर्ने भयो । उनले भनेकी छन् ‘त्यो डिश गाईको मासु होइन, भैंसीको मासु थियो । म यो स्पष्टिकरण यसकारण दिदैछु कि यो संवेदनसिल विषय हो । र, मानिसको सेन्टिमेन्समा ठेस र्पुयाउन सक्छ । मेरो नियत त्यस्तो होइन ।’ काजोलकी प्रवत्ताले पनि त्यहाँ सर्भ गरिएको मासु भैंसीको भएको दावी गरेका छन् । काजोलले उक्त भिडियो शेयर गरेकी थिइन् । तर, पछि उनले उक्त भिडियो हटाइन् । अहिले उनी तमिल फिल्म भिआइपी २ को छायांकन सिध्याएर बसेकी छिन् ।

Kajol

विशेष