मनोरञ्जन

बहिनीलाई भोटमाग्न विपना थापा नेपाल आइपुगिन्

बहिनीलाई भोटमाग्न विपना थापा नेपाल आइपुगिन्
वैशाख २५ । अरु बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपर्थयो । तर यसपटक निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ । विपना शनिबार नारायण नगरपालिकामा कांग्रेसका पक्षमा चुनाव प्रचार प्रसार गर्ने क्रममा देखिइन् । उनले भनिन, ‘हाम्रो परिवार नै राजनीतिक हो । म जन आन्दोदनमा लागेकी कलाकार हुँ । त्यो बेला शाही परिवारबाट धम्की आउँदा पनि विचलित भइनँ ।’ उनका हजुरबुबा २०१५ को आम निर्वाचनमा काठमाडौंका सांसद भएका थिए । बुबा ओमविक्रम थापा पञ्चायत कालमा पटक पटक प्रधानपन्च भए । यस पटक ३६ बर्षीय बहिनी वासना थापा दैलेखको नारायण नगरपालिकामा उपमेयर उठेकी छन् । विपनाले बहिनीको लागि भोट माग्ने बताइन् । कान्तिपुर

विशेष