खेल

पञ्जावलाई गुजरातको धक्का

पञ्जावलाई गुजरातको धक्का
वैशाख २५ । इण्डियन प्रिमियर लिग आइपीएलमा गुजरात लाएन्सले किङ्गस इलाभेन पञ्जावलाई  पराजित गरेको छ । गए राति मोहालीमा भएको खेलमा गुजरातले पञ्जावलाई ६ विकेटले पराजित गरेको हो ।  टस हारेर पहिले व्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ३ विकेट गुमाउंदै १ सय ८९ रन बनाएको थियो । जसमा पञ्जावका खेलाडि हासिम आमलाले सतकिय पारी खेलेका थिए । उनले ६० बलको सामना गर्दै १ सय चार रन बनाए । जवाफि व्याटिङ गरेको गुजरातले २ बल बांकी छदैं लक्ष्य भेट्टायो । गुजरातका लागि ओपनर व्याट्सम्यान ड्वेरेन स्मिथले ७४ रनको योगदान गरे भने गुजरात लायन्सका कप्तान सुरेश रैनाले ३९ रन बनाए । हारसंगै पञ्जावको प्लेअफमा पुग्ने सम्भावना निकै न्यून रहेको छ । प्रतियोगिता अन्र्तगत आज मुम्बई इण्डियन र सनराइजर्स हैदरावाद विच खेल हुने छ ।

Ipl

विशेष