समाज

सवारी दुर्घटनामा एक म्यादी प्रहरीको मृत्यु

सवारी दुर्घटनामा एक म्यादी प्रहरीको मृत्यु
वैशाख–२५ । नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिप्रका, नवलपरासीले जनाएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २५ प ५७७९ नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा सो दुर्घटना भएको हो ।

नवलपरासी मृत्यु म्यादी प्रहरी सवारी दुर्घटना

विशेष