निर्वाचन प्रचार सामग्री बनाउन बागबजारका व्यवसायीलाई चटारो
वैशाख–२५ । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको प्रचारसामग्री बनाउन बागबजारका व्यवसायीलाई चटारो भएको छ । निर्वाचन आउन करिब एक हप्तामात्र बाँकी रहँदा उनीहरुलाई राजनीतिक दलको झन्डा, उम्मेदवारको नाम र फोटो अङ्कित टिसर्ट, टोपी, फ्याक्स बोर्ड बनाउन चटारो रहेको छ ।
बागबजारका आर्ट सेन्टर, स्क्रिन सेन्टरमा व्यवसायीहरुले रातदिन लगाएर निर्वाचन सामग्री बनाउन लागिपरेका छन् । बागबजारका सक्सेस आर्टका सञ्चालक रक्त खड्गीले एक हप्तादेखि निर्वाचनसम्बन्धी सामग्री बनाइरहेको बताए । उनले अहिले परिवारका अन्य सदस्यसहित २० जनाले झन्डा, टिसर्ट र टोपी बनाइरहेको जानकारी गराए । “एक हप्तादेखि कामको चाप बढेको छ । राति ११ बजेसम्म सामग्री बनाउँछौँ” – उनले भने ।
उनले अहिलेसम्म ५० हजार झन्डा, २० हजार टिसर्ट बनाइसकेका जानकारी गराए । यस्तै बागबजारकै निवेश आर्टका सञ्चालक श्याम रञ्जीतकारले दैनिक दुई/तीन सय झन्डा बनाउने गरेको बताए ।
उनले सबै पार्टीहरु झन्डा, टिसर्ट, टोपी र फ्लेक्स बनाउन आउने गरेको बताए । एउटा झन्डाको २५ देखि ११० रुपैयाँ, टिसर्टको २५० रुपैयाँ, टोपीको ५० देखि २५० रुपैयाँ मूल्य पर्ने गरेको छ ।
त्रिवि
परीक्षा नियन्त्रण कार्यालय
परीक्षाफल