समाज

म्यादीको तलबमा मनोमानी

म्यादीको तलबमा मनोमानी

वैशाख २६ । म्यादी प्रहरीको तलबभत्ता बैंकबाटै भुक्तान गर्न प्रहरी प्रधान कार्यालयले दिएको निर्देशन माताहतका निकायले अटेर गरेका छन् ।

प्रधान कार्यालयको निर्देशन अटेर गर्दै प्रहरीले तलब भत्ता भुक्तानीमा मनोमानी गरेको पाइएको छ । नगदमै तलब भत्ता भुक्तानी गर्दा विगतमा प्रहरी अधिकृतहरुले हिनामिना गरेको गुनासो आएपछि प्रधान कार्यालयले बैंकबाट मात्र भुक्तानी गर्न निर्देशन गरेको थियो ।

राजधानीसहित ७ वटै प्रदेश अन्तर्गतका धेरैजसो जिल्लामा बैंक खाता नै नगदमै रकम भुक्तानी गरेको पाइएको छ । निर्वाचनमा म्यादी प्रहरीका लागि मात्र ३ अर्बभन्दा बढी रकम खर्च हुन्छ । वैशाख ३१ र जेठ ३१ का लागि निर्धारित निर्वाचनको सुरक्षाका लागि देशभर ७५ हजार म्यादी प्रहरी भर्ना भइसकेका छन् ।

५५ दिनका लागि सम्बन्धित जिल्ल प्रहरी कार्यालय अन्तर्गत म्यादी प्रहरीहरु निर्वाचन सुरक्षामा खटिइसकेका छन् । उनीहरुका लागि पोसाक भत्ता ७ हजार १ सय र बाँकी तलब भत्ता तथा रासन सेना र प्रहरीसरहका जवानसरह उपलब्ध गराइएको छ  ।

कारोबार

विशेष