मनोरञ्जन

चेल्सी प्रिमियर लिग फुटबलको उपाधि नजिक

चेल्सी प्रिमियर लिग फुटबलको उपाधि नजिक

वैशाख २६ । चेल्सी इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

सोमबार राति भएको खेलमा मिडिल्सब्रोलाई ३–० ले पराजित गर्दै चेल्सीले उपाधि जित्ने पक्का गरेको हो । आगामी शुक्रबार राति वेष्ट ब्रोमलाई हराए चेल्सीले प्रिमियर लिगको उपाधि जित्नेछ । चेल्सीलाई विजयी गराउन डिएगो कोष्टा, मार्कस अलन्सो र नेमान्जा माटिचले एक–एक गोल गरे ।

जितसँगै चेल्सीले दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ७ अंकको अग्रता लिएको छ ।  सिजनमा तीन खेल मात्रै खेल्न बाँकी छँदा चेल्सीको ८४ अंक छ भने टोटनह्यामको ७७ अंक मात्रै छ ।

विशेष