समाज

राजेश हमाललाई महिलाले पेटमा बच्चा चिनो चाहियो भनेपछि...

राजेश हमाललाई महिलाले पेटमा बच्चा चिनो चाहियो भनेपछि...

वैशाख २६ । आजभन्दा लगभग २२ वर्षअघिको कुरा हो । ‘आफ्नो–बिरानो’ फिल्मको छायांकनका लागि झापा गएका थियौँ । नाइट सुट थियो । एउटा घरमा युनिटसँगै बस्यौँ ।

छायांकन राति ८–९ बजे सुरु भई बिहान ५ बजेसम्म हुन्थ्यो । एक दिन नाइट सुट सुरु भएपछि एकजना महिला साथी भेट्न आउनुभयो । तर, म फुर्सदमा नभएकाले मेरो युनिटका साथीहरूले व्यस्त हुनुहुन्छ भोलि आउनु भन्नुभयो ।

उहाँ विराटनगरदेखि आउनुभएको रहेछ, बिहानसम्म घरको बाहिर कुरेर बस्नुभएको रहेछ । यसरी रातभर बस्नुहुन्छ भन्ने थाहा भएको भए मैले अघिल्लो दिन नै भेट्ने थिएँ । यो कुरा थाहा पाएपछि मैले उहाँलाई भेटेँ । एकदमै सिरियस भएर बोल्नुभयो । भन्नुभयो, ‘तपाईंको सुरुमा हिरोइनसँग विवाह होला कि भन्ने सोच्थेँ । तर, करिश्माको बिहे भो, निरुताको पनि भो, अबचाहिँ मेरै लागि हजुर बन्नुभएको रहेछ भन्ने सोचेर हजुरलाई भेट्न यहाँ आएँ ।’ उहाँ झन्डै १७ वर्षकी हुनुहुन्थ्यो ।

उहाँले सीधै विवाहको प्रस्ताव राख्नुभयो । मैले उहाँलाई जतिसक्दो सम्झाएँ, फकाएँ । अन्तिममा मान्नुभयो, तर सर्त राखेर । उहाँले भन्नुभयो, ‘यदि मसँग बिहे नगर्ने हो भने मलाई एउटा चिनो चाहिन्छ, पेटमा राजेश हमालको बच्चा ।’ तर, मैले त्यो कुरा पनि मानिनँ । मैले जतिसक्दो फकाएर, बुझाएर फर्काएँ । उहाँ निकै नै पीडा बोकेर फर्किनुभयो ।

गज्जबबाट

विशेष