मनोरञ्जन

दयाहाङ कि कान्छी बन्दै नम्रता

दयाहाङ कि कान्छी बन्दै नम्रता

वैशाख २६ । नम्रता सापकोटाका स्वेता खड्काको फिल्म अनुबन्ध भएकी छन् ।

‘छक्का पन्जा’ यता कुनै फिल्म नपाएकी नम्रतालाई श्वेता खड्काले आफ्नो ब्यानरमा अनुबन्ध गरेकी हुन् । आकाश अधिकारीले निर्देशन गर्ने फिल्म ‘कान्छी’मा दयाहाङ राई र श्वेता खड्कासँगै नम्रता पनि मुख्य भूमिकामा देखिनेछिन् ।

‘अन्तराल’बाट डेब्यू गरेकी नम्रताले बीचमा फिल्मभन्दा बढी व्यक्तिगत सम्बन्धलाई प्राथमिकतामा राखेकी थिइन् तर व्यक्तिगत सम्बन्ध नफापेपछि ‘ब्रासलेट’ मार्फत अभिनयमा फर्किएकी थिइन् ।

त्यसयता, ‘छक्का पन्जा’मा अभिनय गरिन् । फिल्म हिट पनि भयो तर जस जति सबै दीपक–दीपा र वर्षाको भागमा मात्र गयो ।

विशेष