Breaking News मनोरञ्जन

सर्ट फिल्मको तमासा

सर्ट फिल्मको तमासा

सर्ट फिल्म कलाको सशक्त विधा हो । तर, नेपालमा थुप्रै गिरोह सर्ट फिल्मलाई अश्लील धन्दाको माध्यम बनाइरहेका छन् ।

द्दा, छाडा र सस्ता यौनजन्य विषयवस्तु हुने यस्ता फिल्म युट्युबमा अपलोड गरेर पैसा कमाउन पल्केका उनीहरूलाई कला वा अभिनयसँग मतलब हुने कुरा पनि भएन । यस्ता फिल्ममा काम गर्ने महिलाको श्रम तथा यौन शोषण हुने गरेको छ ।

गाउँबाट हिरो बन्ने सपना बोकेर शहर छिरेको एक युवक एउटा कार्यालयभित्र प्रवेश गर्छ । कार्यालयमा बसेकी युवती उसलाई ‘पैसा दिन नसके बैँस’ दिन आग्रह गर्छे । केटा राजी हुन्छ । अनि, कार्यालयको सोफामै ती युवती र युवक बैँसको प्यास मेट्न थालिहाल्छन् । र, यत्तिकैमा चार मिनेट लामो फिल्म सकिन्छ ।

कलेज जाँदै गरेकी आफ्नी प्रेमिकालाई युवक ‘कलेज बंक’ गर्न आग्रह गर्छ । एकछिनको आनाकानीपछि युवती मञ्जुर हुन्छे । युवक उसलाई एकान्त ठाउँको एउटा झाडीमा लिएर जान्छ । त्यसपछि उनीहरू रमाइलो गर्न थाल्छन् । ‘सामाजिक सन्देशका लागि’ भनिएको साढे सात मिनेट लामो यो फिल्म पनि रमाइलो गर्दागर्दै सकिन्छ । ‘इन्जोय नेपाल’ युट्युब च्यानलबाट अपलोड भएको यो फिल्मलाई तीन करोडभन्दा बढी पल्ट हेरिएको छ ।

‘न्यू नेपाली सर्ट फिल्म’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला सयौँको संख्यामा अश्लील दृश्य र संवादमात्र समावेश भएका यस्ता फिल्म छ्याप्छ्याप्ती भेटिन्छन् । ‘सर्ट फिल्म’को नाम दिँदै उनीहरू ‘सफ्ट पोर्न’ नै बनाइरहेका छन् । यस्ता भिडियोमा सिर्जनशीलता र अभिनय शिल्प देखिने कुरा भएन । भद्दा किस र बेड सिन नै यस्ता फिल्मका विशेषता हुन् ।

यसमा सहमत छन, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई । भन्छन्, ‘नेपालमा सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न सर्ट मुभीको नाममा सर्ट पोर्न मुभी जस्ता देखिने भिडियोहरू बनाएर अपलोड गरिन्छन, यो त ज्यादती नै भइरहेको छ । यो कुनै कला होइन । यस्ता फिल्मले अश्लीलतालाई मात्र बढावा दिन्छन् । समाजमा विकृति ल्याउने काम गरिरहेका छन् । यहाँ त सर्ट फिल्म जान्रकै बदनाम भइरहेको छ ।’

richa sharma

विशेष