देश

सांसद सीता नेपालीलाई निर्वाचन आयोगकाे चौबिस घण्टे स्पष्टिकरण, यस्तो छ कारण

सांसद सीता नेपालीलाई  निर्वाचन आयोगकाे चौबिस घण्टे स्पष्टिकरण, यस्तो छ कारण

वैशाख २६ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रकी सांसद सीता नेपालीले फेसबुकमा गलत सूचना राखेको भन्दै उनीसँग स्पष्टीकरण माग गरेको छ ।

सांसद नेपालीले ’निर्वाचन आयोगको प्रवक्ताका अनुसार अहिलेसम्म निर्विरोध सदस्य’’ भन्ने व्यहोरा उल्लेख गर्दै ‘‘माओवादी केन्द्र–१४५, कांग्रेस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी राखेको तथ्याङ्कसम्बन्धमा छानबिन गर्नुपर्ने” भनी फेसबुकमा लेखेकोमा आयोगले आचारसंहिता विपरीत भन्दै स्ष्टीकरण सोधेको हो ।

’फेसबुकमार्फत गलत सूचना सम्प्रेषण गरेको देखिन आएकाले तपाईंलाई निर्वाचन आचार संहिता उल्लंघन गरेतर्फ हदैसम्मको कारवाही किन नगर्ने ?’ कारवाही नगर्नुपर्ने कुनै कारण भए यो पत्र बमोजिमको सूचना प्राप्त भएका मितिले २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्ट विवरण पेश गर्नुहुन’ प्रवक्ता सूर्यप्रसाद सिलवालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Fire

विशेष