देश

सडक खन्ने काममा प्रयोग गरिरहेको एक्साभेटरमा अज्ञात समूहद्वारा अागजनी

सडक खन्ने काममा प्रयोग गरिरहेको एक्साभेटरमा अज्ञात समूहद्वारा अागजनी
वैशाख - २६ । गुल्मीको इस्मा गाउँपालिकामा सडक खन्ने काममा प्रयोग गरिरहेको एक्साभेटरमा अज्ञात समूहले आगजनी गरेका छन् । निर्माणाधिन छल्दी–पनाहा–इन्द्रेगौडा सडकमा काम गरिरहेको बा २ क ५१६५ नम्बरको एक्साभेटरमा सोमबार राति आगजनी भएको हो । इस्मा गाउँपालिका–२ रातचौर भन्ने स्थानमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिएका छन । सोमबार राति १ बजेतिर सडकमा रोकिराखेको एक्साभेटरमा आगजनी हुँदा एक्साभेटरको इन्जीन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । निर्माणाधिन सडकमा कालिका कन्ट्रक्सन काठमाडौंले सडक निर्माणको जिम्मा लिएको थियो । आगजनी गर्ने ब्यक्तिको खोजी भइरहेको समेत प्रहरीले जनाएको छ । आगजनीबाट एक्साभेटर काम नलाग्ने भएको कालिका कन्ट्रक्सन काठमाडौंका इन्जिनियर नबिन सापकोटाले बताए । सडक चौडा पार्ने तथा नाली र ग्राभेल गर्नका निम्ती झण्डै ६ महिना अघिदेखि सडक निर्माण उक्त एक्साभेटर प्रयोग हुदै आएको थियो ।

Death

विशेष