फुड

दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान

दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान
वैशाख - २६ ।  नयाँ राष्ट्रपति चयनका लागि दक्षिण कोरियामा मङ्गलबार देशभरी मतदान भइरहेको छ। निवर्तमान राष्ट्रपति पार्क गेउन भ्रष्टाचारको अभियोग लागेर पदमुक्त भएपछि दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन गर्न मतदान भइरहेको हो। मतदानका लागि देशभरी १३ हजार ९६४ मतदान केन्द्रहरु रहेको सरकारी अधिकारीले बताएका छन्। स्थानीय समयानुसार विहान ६ बजेदेखि सुरु भएको मतदानकार्य बेलुका ८ बजेसम्म हुनेछ। अघिल्लो पटक सन् २०१२ मा भएको निर्वाचनका बेलाभन्दा यस पटक दुई घन्टा बढी मतदानको समयावधि राखिएको छ। अघिल्लो पटकभन्दा यसपटक मतदाता बढ्ने अनुमान गरेर मतदानको समयावधि पनि बढाइएको हो। सिन्ह्वा

विशेष