समाज

सञ्चारमन्त्रीद्वारा निर्वाचन आचारसंहिता अनुगमनको अवस्थाबारे जिज्ञासा

सञ्चारमन्त्रीद्वारा निर्वाचन आचारसंहिता अनुगमनको अवस्थाबारे जिज्ञासा
वैशाख – २६ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले आमसञ्चार माध्यममा निर्वाचन आचारसंहिताको अनुगमनको बस्तुस्थिति बारे जानकारी लिएका छन् । मंगलबार संचारग्राम स्थित प्रेस काउन्सिल नेपालको भ्रमण गरी बस्तुस्थिति बारे जानकारी लिएका हुन् । काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले काउन्सिलमा उपलब्ध प्रविधिबाट रेडियो, टेलिभिजन, अनलाइनको चौविसैघण्टा अभिलेखीकरण भैरहेको बताए । उनले अभिलेख गरिएका तथा टेलिभिजनबाट लाइभ प्रसारण भैरहेको बिषयबस्तुमाथि अनुगमन केन्द्रीत रहेको स्पष्ट पारे । मुख्य अधिकृत झविन्द्र भुसालले आचारसंहिता उल्लंघनका केसहरुमाथि तत्कालै आवश्यक कारबाही गरिएको बताए । मन्त्रीका साथमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट, सञ्चार मन्त्रालयका सचिब महेन्द्रबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो । स्थानीय तह निर्वाचन, २०७४ को मिडियामा निर्वाचन आचारसंहिता अनुगमन प्रेस काउन्सिल नेपालले गर्दै आएको छ । निर्वाचनमा बढी हुनसक्ने आचारसंहिता हननसम्बन्धी घटनाप्रति निकै गम्भीर भई यही वैशाख १५ गतेदेखि निर्वाचन–केन्द्र्रीत विशेष अनुगमन कार्यक्रममा खटिरहेको छ । यसक्रममा २१ जना अनुगमनकर्ता यस कार्यमा अहोरात्र खटिएको काउन्सिलले जनाएको छ । हाल ३, ४ र ६ प्रदेशका ३० वटा साप्ताहिक, १५ वटा दैनिक, उपत्यकाका १२ वटा दैनिक र प्रकाशित भई काउन्सिलमा उपलव्ध सबै साप्ताहिक, १० वटा टिभी, ४२ वटा रेडियो र ३६ वटा अनलाइन मिडियाको वस्तुगत र विषयगत अनुगमन भइरहेको छ । साथै, सामाजिक सञ्जाल राखिएका केही पत्रकारको सामग्रीको समेत प्रवृत्तिगत अध्ययन भएको छ । यस अवधिमा कुल जम्मा २५ वटा आमसञ्चारमाध्यमका ३१ वटा सामग्रीबाट पत्रकार र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको छ, जसमा सातवटा अनलाइनका १० वटा सामग्री, १५ वटा छापाका १८ वटा सामग्री, एउटा रेडियोको एउटा सामग्री रहेका छन् । यस्तै, एक÷एकवटा रेडियो (दमौली एफ.एम., तनहुँ) र टेलिभिजन (एभिन्यूज टिभी) लाई सचेत गराइएको कान्सिलले जनाएको छ ।

विशेष