मनोरञ्जन

दक्षिण कोरियामा मुन नयाँ राष्ट्रपति, को हुन् मुन

दक्षिण कोरियामा मुन नयाँ राष्ट्रपति, को हुन् मुन
वैशाख २७ । दक्षिण कोरियामा मुन जे इन राष्ट्रपति निर्वाचित भएका छन् । हिजो भएको मतदानमा मुनले ४१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी होङ जोन प्योले २३ प्रतिशत मत प्राप्त गरेका छन् । उदारवादी नेता मुन कटुतापूर्ण सम्बन्ध रहेको छिमेकी उत्तर कोरियासँग वार्ता गर्ने पक्षमा छन् । यसबाट दक्षिण कोरियाको उत्तर कोरियाप्रतिको नीतिमा परिवर्तन हुने देखिएको छ । भ्रष्टाचार कान्डमा महाअभियोग लगाएर पार्क गुन हेइलाई पदबाट हटाइएपछि समयअगावै नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भएको हो । सन् २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा मुन सामान्य मतान्तरले पार्कसँग पराजित भएका थिए । पछिल्ला दिनहरुमा उत्तर कोरियाको आणविक गतिविधिका कारण कोरियाली प्रायद्वीपमा तनाब बढ्दो छ ।

Justin Biber

विशेष