खेल

माओवादी कार्यकर्तालाई मारे एमाले नेताका छोरा

माओवादी कार्यकर्तालाई मारे एमाले नेताका छोरा

वैशाख २७ । दोलखाको गौरीशंकर गाउँपालिका–२ स्थित जुगुमा चुनाव प्रचारप्रसार सकेर होटलमा बसिरहेका एक एमाले कार्यकर्ताको हत्या भएको छ ।

जुगुमा रहेको एक होटलमा बसिरहेका ३३ वर्षीय कुल बहादुर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । तामाङ गौरीशंकर गाउँपालिकाका एमाले उम्मेदवार रहेका गोरे तामाङका छोरा हुन् । उनलाई गएराति करिव साढे ८ बजेतिर माओवादी केन्द्रका कार्यकर्ताले भाला र खुकुरी प्रहार गरी हत्या गरेका दोलखा एमालेले आरोप लगाएको छ ।

गए राति चुनावी प्रचारप्रसार सकेर जुगुमा रहेको एक होटलमा खाना खान लाग्दा माओवादी केन्द्रका कार्यकर्ता आइ कुलबहादुर लगायत अन्य ७–८ जनामाथि आक्रमण भएको होटल सञ्चालिका चन्द्रमाया जिरेलले बताएकी छन् । उनले भनिन, ’राति खानाको अर्डर थियो । म पकाउँदै थिए । एक्कासी २०–२५ जना आएर मेरो घरको जस्ता उतार्न थाले र खाना खान बसेकालाई आक्रमण गर्न थाले । म डरले ४, ७ र १० वर्षका बच्चा समातेर खाटमुनि लुकेँ । पछि के के भयो थाहै भएन ।’

उनका अनुसार राति २ बजे प्रहरी आएको र प्रहरीले कुलबहादुरलाई स्थानीय स्कुलको चौरमा लडिरहेको अवस्थामा भेटेको थियो । प्रहरीले उपचारको क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा तामाङको मृत्यु भएको थियो ।

मृतक तामाङको टाउकोमा भाला र खुकुरीको गहिरो चोट लागेको छ । घटनामा स्थानीय दिलबहादुर बुढाथोकी पनि गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

चुनाव प्रचार सकेर राति स्थानीय लक्षु जिरेलको घरमा बास बसिरहेका तामाङ माथि भएको आक्रमण एउटा हत्या आसयबाट अभिप्रेरित भएको दोलखा जिल्ला जिल्ला क्षेत्र नं १ का एमाले सांसद पार्वत गुरुङले बताएका छन् । उनले भने, ’यो हत्या गर्ने आशयबाट नै आक्रमण भएको हो । दोषी माथि कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।’

यसैगरी माओवादी केन्द्र जिल्ला सह–इन्चार्ज विशाल खड्काले भने इन्चार्ज देवी खड्का माथि आक्रमण भएपछि जोगाउन खोज्दा यस्तो घटना भएको प्रतिक्रिया दिएका छन् । उनले घटनामा माओवादी केन्द्रका उम्मेदवार भरत खड्का समेत घाइते भएको दाबी गरे ।

कैलाली

विशेष