मनोरञ्जन

जस्टिन बिबर भारतमा, सुरक्षाको लागि सलमानले पठाए बडिगार्ड

जस्टिन बिबर भारतमा, सुरक्षाको लागि सलमानले पठाए बडिगार्ड
वैशाख २८ । क्यानडाका चर्चित पप गायक जस्टिन बिबर मंगलार राती अबेर चार्टड फ्लाइटमा मुम्बई पुगेका छन् । बिबरको सुरक्षाको लागि बलिउड अभिनेता सलमान खानले आफ्ना व्यक्तिगत सेक्युरिटि गार्ड शेरालाई पठाएका छन् । बिबरले ६ मे मा दुबईमा कन्सर्ट गरेका थिए । मुम्बईमा बिबरले आफ्नो कार्यक्रममार्फत उनको एल्बम ‘परपोज’ लाई प्रचार गर्ने भएका छन् । बिबरको मुम्बईमा यो पहिलो सो हो । उक्त सोलाई ‘हेरी पोर्टर’ की अभिनेत्री एलारिका जोन्सनले होस्ट गर्ने भएकी छिन् । ४५ हजार मानिसहरु अट्ने क्षमता भएको स्टेडियममा बीबरको कन्सर्र्ट हुने भएको छ । पप गायक बीबरको लागि भारतमा खास तयारी हुँदै गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । बिबरलाई भारतका २९ राज्यका खानेकुराको स्वाद चखाउने आयोजकले जनाएका छन् । पछि पनि उनको लागि एक पार्टी राखिनेछ । त्यँहा पनि उनले गीत गाउने छन् ।

प्रियंका चोपडा

विशेष