समाज

विभागीय टोलीलाई पराजित गर्दै राईजिङ क्रिकेट वुमन अत्तरीया कपको विजेता

विभागीय टोलीलाई पराजित गर्दै राईजिङ क्रिकेट वुमन अत्तरीया कपको विजेता
वैशाख–२७ । कैलालीको अत्तरीयामा सम्पन्न रुस्लान अत्तरीया कपमा विभागीय टोली एपिएफलाई पराजित गर्दै राईजिङ क्रिकेट वमेन्स काठमाडौंले उपाधि जितेको छ । एपिएफको खेल मैदानमा भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको राईजिङ क्रिकेटले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रन बनायो । राईजिङको विदेशी खेलाडी पूजा निमाभाटले सर्वाधिक ३७ रन बनाइन् । त्यस्तै सहनवाज प्रविणले २५, शान्ता मुखर्जीले २३, शान्ति खतिवडाले २१, नेरी थापा र आरति विडारीले समान १३ रन बनाए । एपिएफकी सरिताले सर्वाधिक ३ विकेट लिइन् । १ सय ५३ रनको लक्ष्य पाएको एपिएफले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सफल भयो । एपिएफको लागि पूजा पाण्डेले ४८ रन बनाए पनि जितको लागि पर्याप्त भएन । राईजिङको लागि पूजा निमाभाटले ४ विकेट लिइन् । एपिएफलाई पराजित गरेपछि राईजिङ क्रिकेट वुमन काठमाडौंले नगर २ लाख र ट्रफी हात पार्यो भने उपविजेता बनेको एपिएफले १ लाख पुरस्कार पायो । प्रतियोगिता अवधिभरको खेलमा १ सय ७ रन बनाउँदै ११ विकेट लिएकी राईजिङकी पूजा उत्कृष्ट खेलाडी घोषित हुँदै नगर २५ हजार रुपैयाँ हात पारिन् । त्यस्तै राईजिङकै शान्ता मुखर्जी उत्कृष्ट विकेट किपर, एपिएफकी ज्याति पाण्डे उत्कृष्ट ब्याट्स्म्यान र सरिता मगर उत्कृष्ट बलर हुँदै जनही १० हजार नगद प्राप्त गरे ।  

चिनियाँ पक्राउ महानगरीय प्रहरी अपराध महाशाखा

विशेष