मनोरञ्जन

अस्ट्रेलियाः दुई महिने बालिकाले इतिहास रचिन्, कारण यस्तो

अस्ट्रेलियाः दुई महिने बालिकाले इतिहास रचिन्, कारण यस्तो
वैशाख – २७ । दुई महिनाकी बालिकाले अस्ट्रेलियामा इतिहास रचेकी छिन् । आलिया जायले अस्ट्रेलियाकाे संसदभवनमा स्तनपान गर्ने पहिलो बालिका बनेर इतिहास रचेकी हुन् । ग्रीन पार्टी सहउपाध्यक्ष तथा क्वीन्सल्याण्डकी सांसद लारिसा वाटर्सले दुई महिना पहिला जायलाई जन्म दिएक हुन् । उनी दुई महिनको सुत्केरी विदापछि गत मंगलबार संसदमा फर्केकी हुन् । संसदमा कारवाही चलिरहँदा जाय भोकाएपछि उनले स्तनपान गराएकी थिइन् । उनले ट्वीटर गर्र्दै भनिन्, ‘मलाई गर्व भइरहेको छ किनकि मेरी छोरी आलिया संघीय संसदमा स्तनपान गर्ने पहिलो बालिका बनिन् ।’ उनले थपिन्, ‘संसदमा अरु महिलाहरुको आवश्यकता छ ।’
अस्ट्रेलियाको सरकारले अघिल्लो सालमात्रै चेम्बरमा स्तनपान गराउने अनुमती दिएको थियो । योभन्दा पहिला चम्बरमा बालबालिका ल्याउनका लागि प्रतिबन्द थियो । तर, अघिल्लो वर्ष यो नियम परिर्वन गर्नका लागि वाटर्सले प्रभावकारी भूमिका खेलेकी थिइन् । उनले गत नोबेम्बरमा भनेका थिइन्, हामी संसदमा अरु युवा महिलालाई ल्याउन चान्छौँ भने नियमलाई केही उदार बनाउनु पर्छ, जले हालै सन्तान जन्माएका आमा बुबाले बालबालिको रेखदेखमा सन्तुलन कायम गर्न सकुन् । योभन्दा पहिला अस्ट्रेलियामा स्तनपान गराउने सांसदहरुलाई एक प्राक्सि बोट प्रदान गरिएको थियो ।

Mummy

विशेष