मनोरञ्जन

‘म आफ्नो सामाजिक दायित्वलाई गम्भीरपूर्वक लिने गर्छु’ — प्रियंका चोपडा

‘म आफ्नो सामाजिक दायित्वलाई गम्भीरपूर्वक लिने गर्छु’ — प्रियंका चोपडा

 

वैशाख २७ । बलिउड अभिनेत्री प्रियंका चोपडा जति नै व्यस्त भएपनि सामाजिक कार्यका लागि भने समय निकालिरहन्छिन् । उनी भन्छिन्, ‘म सामाजिक दायित्वलाई मानवताको हिसाबले एकदम गम्भिरपूर्वक लिन्छु ।’

आफ्नो फिल्मको प्रचार गर्नेदेखि, असामको पर्यटन प्रवद्र्धन गर्ने र युनिसेफ को गुडवील एम्बासाडरको तर्फबाट विश्वका युवतीहरुलाई सचेत बनाउनेदेखिको काममा उनी सक्रिय नै छिन् । यत्ति धेरै काममा संलग्न रहँदा सामाजिक कार्य गर्दा विरक्त लाग्दैन भन्ने प्रश्न गर्दा प्रियंकाले भनिन्, ‘कदापी छैन । र कहिल्यै पनि हुने छैन ।’

आफूले गर्न मन लागेको काममा हात हालेको र यस्ता कामले आफूलाई कदापी फरक नपर्ने हुनाले सामाजि कामको लागि एक मानवको हिसाबले समय जुटाउनमा नचुक्ने उनले बताइन् । बलिउडमा एक पछि अर्को गर्दै हलिउडमा पनि पाइला चलीसकेकी अभिनेत्री प्रियंका अहिले आफ्नो हलिउड डेब्यु ‘बेवाच’ को प्रचरको क्रममा पनि व्यस्त रहँदै आएकी छिन् । यसका साथै हाल उनी सिक्कीमी र गोवान फिल्ममा पनि व्यस्त रहँदै आएका छिन् ।

विशेष