देश

करोडौ विदेशी मुद्रासहित ६ चिनियाँ पक्राउ

करोडौ विदेशी मुद्रासहित ६ चिनियाँ पक्राउ
  वैशाख–२७ । महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख रुपैयाँ बरबारको विदेशी मुद्रासहित ६ चिनियाँ नागरिकलाई काठमाडौंको नागढुङ्गाबाट पक्राउ गरेको छ । बुधबार बिहान राजधानीबाट केरुङ नाका हुँदै चीन जान लागेका एक पुरुषसहित पाँच महिलालाई नागढुङ्गा नाकाबाट महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो । प्रहरीले चिनियाँले झोला, थर्मस, जुत्तालगायत शरीरका विभिन्न भागमा लुकाएर लान लागेको विदेशी मुद्रासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । विदेशी मुद्रासहित पक्राउ परेका चिनियाँ नगरिकलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको छ ।

Jajarkot

विशेष