मनोरञ्जन

मिश्रका ममीलार्इ टाम क्रूज र सोफिया बौतेलाले नयाँपन दिँदै (भिडियोसहित)

किन बन्छन् यति धेरै ममीमा आधारित फिल्म ?

मिश्रका ममीलार्इ टाम क्रूज र सोफिया बौतेलाले नयाँपन दिँदै (भिडियोसहित)

 

प्रचान मिस्र (इजिप्ट)लाई लिएर पश्चिमी देशहरुले धेरै चासो र चर्चाकाे विषय बन्ने गर्दछ । विशेष गरी सात आश्चर्यमध्येको एक मिश्रको पिरामीडलाई लिएर पश्चिमी देशमा वढी आकर्षण देखिन्छ । यिनै पिरामिणमा राखेका प्राचिन शासकहरुका शवलाई ममी को नामले चिनिने गर्दछ । यही विषयलाई लियए विभिन्न कथाकहानी समेतबनाइएका छन् भने यही पिरामिडमा आधारित भएर धेरै चलचित्र पनि बनेका छन् ।

पछिल्लो समय फेरि एउटा फिल्म बनेको छ यही पिरामिडलाई लिएर । द ममी नाम दिएको यो फिल्म ममीलाई गल्तीले छेडछाड गर्दा उत्पन भएका दृष्यलाई देखाइएको छ ।  तर, मिश्रको ममीलाई लिएर बनाइएको यो पहिलो हलिउड फिल्म भने होइन । यसको सिलसिला करिब १ वर्ष लामो छ । १९२० को दशकमा प्राचिन मिश्रका राजा तूतनखामेनलाई चिहानबाट उनको ममीलाई निकालेपछि पश्चिमी देशमा यसको ठूलो प्रभाव परेको हो । यसपछि यही विषयलाई लिएर कथाकहानीका साथै कयौँ फिल्म पनि बनिकसेका छन् ।


१९२० को दशकमा तूतेनखामेनको चिहान खन्ने काम ब्रिटिश पुरातत्वविद होवार्ड कार्टरको अगुवाइमा भइरहेको थियो । यसै समयमा चिहान खनिरहेको र यो मिसनमा चोडिएका धेरै व्यक्तिको मृत्यु भयो । यस मिसनलाई ‘वैली अफ किंग्स’को नाम दिइएको थियो । होवार्डको यो मिसन १९२२ ताका चलेको थियो ।  धेरै व्यक्तिको संदिग्ध मृत्युपछि यस मिसनलाई आर्थिक सहयोग गर्ने ब्रिटिस धनाड्य लान्र्ड कार्नारवान्नको पनि मृत्यु भयो । उनको मृत्यु लामखुट्टेले टाेकाइका कारणले भएको थियो । यही विषयलाई लिएर विभिन्न भनाइ बहिरियो । कसैले तूतनखामेनको श्रापका कारण यस्ता घटना भएको बताए ।

यो घटनापछि ममीको अनुहारलाई लिएर हलिउड चलचित्र जगतमा नयाँ रहस्यमयी पात्र तथा खलनायकको निर्माण भयो । यस समयको यो नयाँ पात्र चलनचल्तिका ड्राकुलालगायतका पुराना पात्रभन्दा फरक थियो । किनकि वास्तवमै तूतनखामेन यो दुनियामा थिए र चिहानबाट उनको ममी पनि खोज गरी निकालिएको थियो । यसैले आम मानिसलाई उनको चरित्र अन्यको भन्दा वास्तविक र मनमस्तिकको नजिक भए जस्तो भान हुन थाल्यो । त्यस्तै संचारमाध्यमले ममीलाई लिएर जुन रोचक लेखहरु सम्प्रेसण गरे त्यसले पनि फिल्म बनाउन बाध्य बनायो ।

यसैको प्रभावले अमेरिकामा आर्ट डेकोका नाममा पिरामडि शैलीका घर बनाउने चलन पनि शुरु भयो ।  मिश्रको ममीलाई लिएर हलिउडमा १९३२ मा एउटा फिल्म निर्माण भएको थियो । यो फिल्म केयुनिभर्सल स्टुडियोले पहिलो पटक ममीमा आधारित भएर फिल्म निर्माण गरेको हो । यो फिल्मको सुटिंगका लागि स्टुडियो भित्र नै मिश्रको पिरामिण तयार गरिएको थियो ।

यो फिल्ममा मिश्रका पुजारी इम्होतेपको ममी बिउँतिएको कथा थियो । इम्होतेपको चरित्र बोरिस कार्लोफले निभाएका थिए । उनको ममी गल्तीले एउटा जादूको मन्त्र पढ्नाले बिउँतिन्थ्यो । फिल्म द ममीको एक दशक पछि १९४० मा द ममी हैन्ड आयो । तर यो फिल्मले त्यति राम्रो नतिजा दिन सकेन । १९५९ मा हैमर स्टुडियोले टेरेन्स फिशरको निर्देशनमा ममीमाथि फिल्म बनायो । यो फिल्म पहिलेभन्दा भयंकर थियो । फेरि १९६७ मा हैमर स्टुडियोले ममीको पुरानो कथालाई अगाडि बढयो । यसपछि पनि हलिउडमा ममीको विषयलाई लिएर धेरै फिल्म बने ।

केही हलिउड फिल्म निर्माताहरुले ऐतिहाकिस स्मारकको खोजी गर्ने जासूस पात्रको निर्माण गरी ममी बनाउने तरिकाका बारेमा पिल्म बनाए । यसले पुरानो कथावस्तुलाई नयाँपन दिएको थियो । त्यस्तै १९९९देखि २००८सम्म यसै विषयलाई लिएर हलिउडमा धेरै फिल्म बने । यसको प्रमुख भूमिका रैशेल वीज र ब्रैन्डेन फ्रेजरले निभाएका थिए ।

अब फेरि ममीमाथि टाम क्रूज र सोफिया बौतेलाले नयाँपन दिँदै फिल्म लिएर आएका छन् । यसको ट्रेलरमा एक डायनलाई ब्युउँताएपछि उसले बदला लिन लागेको देखाइएको छ । यही फिल्मको प्रदर्शनबाट थाहा पाउने छौ अगाडि अरु ममीमा आधारति कति फिल्म आउने छन् भन्ने । तर यो मिश्रको ममीमा आधारित फिल्म भने बन्न छोड्ने छैनन् ।

 

Afghanistan

विशेष