देश

यी हुन् दुई वर्षकै उमेरमा ४० खिल्ली चुरोट पिउने बालक

यी हुन् दुई वर्षकै उमेरमा ४० खिल्ली चुरोट पिउने बालक

वैशाख - २७ । केही वर्ष अघि दुई वर्षकै उमेरमा ४० खिल्ली चुरोट पिउने भनेर इन्डोनेसियाका अल्डी रिजाल खुब चर्चामा आएका थिए । इन्डोनेसियाको सुमात्रामा बसोबास गर्ने अल्डीलाई सन् २०१० मा दुई वर्षको उमेरमा चुरोट पिएको दृश्यमा देखिएको थियो । उमेरभन्दा बढि तौल भएका अल्डी साइकलमा बसेर चुरोट पिएको दृश्य भाइरल भएपछि इन्डोनेसियाको सरकारले चुरोट बिक्री बितरणमा कडाइ गर्नुका साथै अल्डस्लाई सुधारगृहमा पुर्यायो । अल्डी अहिले नौ वर्ष भएका छन् । अहिले फेरि सार्वजनिक भएको उनको अर्को तस्विरमा अल्डीमा पहिलाभन्दा धेरै परिवर्तन आएको देखिन्छ । दैनिक ४० खिल्ली चुरोट पिउने अल्डी अहिले चुरोट पिउँदैनन् भने अहिले उनले आफ्नो वजन पनि सन्तुलित बनाएका छन् । उनी अहिले नियमित विद्यालय जानुका साथै पढाइमा पनि अब्बल दारिएका छन् ।

चट्याङ

विशेष