समाज

प्रियंका चोपडाकी आमासँग निरुताको सम्बन्ध !

नायिका निरुता सिंह एकाएक चर्चामा

प्रियंका चोपडाकी आमासँग निरुताको सम्बन्ध !

वैशाख २७ । कुनै समयकी चर्चित नायिका निरुता सिंह यतिबेला एकाएक चर्चामा आाएकी छिन् । कारण, उनले सामाजिक सञ्जालमा बलिउड अभिनेत्री प्रियंका चोपडाकी आमा मधु चोपडासँगको तस्विरले गर्दा ।

भारतको दार्जिलिङमा जन्मिएकी अभिनेत्री सिंहलाई दर्शकले पर्दामा देख्न नपाएको पनि निकै समय भइसकेको छ । उनले सन् २००८ देखि २०१० सम्म इन्टेरियर डिजाइनिङ सिक्नका लागि मुम्बई प्रस्थान गरेर अभिनय यात्रालाइ दुई वर्षको लागि ब्रेक लगाएकी थिइन् ।

सामाजिक सञ्जालमा खासै सक्रिय नरहने निरुताले यतिबेला आफ्नो इन्स्टाग्राममा केही तस्विरहरु राखेकी छिन् । उक्त तस्विरहरुमा उनलाई बलिउड अभिनेत्री प्रियंका चोपडाकी आमा मधु चोपडासँग देख्न सकिनेछ । उनले उक्त तस्विरमा लेखेको क्याप्सनले उनी प्रियंका चोपडाको फिल्म निर्मााण कम्पनीबाट बन्न लागेको कुनै फिल्ममा मुख्य भूमिककामाा देखिन लागेको अनुमान लगाइएको छ ।

खबरअनुसार, प्रियंकाले आफ्नो होम प्रोडक्सन पर्पल पेबल पिक्चरमार्फत ‘पौवा’ नाम गरेको नेपाली फिल्म निर्माण गर्दै छिन् । अहिले उक्त कम्पनीलाई प्रियंकाकी आमा मधुले सम्हालीरहेकी छिन् । निरुताले भने आफूले प्रियंकाको निर्माणमा बन्न लागेको फिल्ममा अनुबन्ध भएको भनेर आधिकारिक रुपमा बताएकी छैन ।

उदयपुर घाइते चट्याङ सप्तरी निरुता सिंह मधु चोपडा

विशेष