मनोरञ्जन

राखीलाई किस गर्नेदेखि डाक्टरलाई झाप्पड हान्नेसम्म, यस्ता छन् मिका सिंहका कन्ट्रोभर्सी

राखीलाई किस गर्नेदेखि डाक्टरलाई झाप्पड हान्नेसम्म, यस्ता छन् मिका सिंहका कन्ट्रोभर्सी

जेठ २७ । बलिउड गायक मिका सिंह अत्याधिक कन्ट्रोभर्सीमा फस्ने गर्छन् । बलिउडमा ‘अन कन्भेनसनल आवाज’, ‘मस्तमौला अन्दाज’ र ‘कन्ट्रोभर्सी’ नै मिका सिंहको पहिचान भएको भारतीय मियिाले बेलाबेलामा उल्लेख गर्दै आएको छ । मिका आज(शनिबार) आफ्नो ४० औँ जन्मोत्सव मनाउँदै छन् । मिका आफ्नो नामसँगै कयौँ विवादमा फसेका छन् । यस्ता छन् उनका चर्चित विवाद ।

राखी सावन्तसँगको विवाद — एक समय राखी र मिकाबीचको विवादले भारतीय मिडियामा ठूलै स्थान पाएको थियो । सन् २००६ मा आइटम गर्ल राखीलाई मिकाले आफ्नो जन्मदिनको मौकामा केक काटेपछि लाज पनि नमानी ओठमा चुम्बन गरेका थिए । यही घटनाका कारण राखी अदालत पुगेकी थिइन् । यो मामला घटना घटेको धरै दिनसम्म पनि मिडियामा छाइरहेको थियो ।

नाममै विवाद — मिका आफ्नो नामलाई लिएर पनि विवादमा मुछिएका छन् । किनभने उनको असली नाम मिका नभएर अमरीक सिंह हो । तर, उनलाई बलिउडले मिका नाम दिएर पहिचान दिलायो ।

डाक्टरसँगको विवाद — मिकाले एक लाइभ इभेन्टको समयमा एक डाक्टरलाई थप्प्ड पनि लगाए । उक्त डाक्टरलाई निषेध गरिएपनि महिलाको भिडमा आएर नाचेका कारण मिकाले उनलाई लाइभ इभेन्टमै थप्पड बजाए ।

‘हिट एण्ड रन’ केस — उनी सन् २०१४ मा ‘हिट एण्ड रन’ केसमा पनि फसीसकेका छन् । उनलाई अटो रिक्सामा हानेका कारण जरिवाना लगाइएको थियो । यस केसमा यात्रुलाई चोट पनि लागेको थियो । पछि आफ्नो सफाई दिँदै मिकाले त्यसबखत आफूले गाडी नचलाएको बताएका थिए ।

कस्टम चोरीको आरोप — मिका सिंहलाई कस्टम चोरीको पनि आरोप लागिसकेको छ । सन् २०१३ मा उनलाई कस्टम अधिकारीले मुम्बइ एयरपोर्टमा रोकेका थिए । मिका बैंककबाट मुम्बई आउने समयमा धेरै नै विदेशी मुद्रा लिएर आएका थिए । त्यसकारण ग्रीन प्यानल पार गर्ने समयमा उनलाई कस्टम अधिकारीले गिरफ्तार गरेको थियो ।

mika singh

विशेष