समाज

इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने

इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने

दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने भएको छ । निर्वाचनको समयमा सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना नहोस् भनेर ४८ घन्टा सीमा नाका बन्द गर्न लागिएको हो ।

सुरक्षालाई ध्यानमा राखेर ४८ घन्टा सीमा बन्द गरिने जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । यस विषयमा दुई देशका अधिकारीबीच छलफल भइसकेको प्रजिअ दाहालले बताए । दाहालकाअनुसार जिल्ला सुरक्षा समितिले अहिले निर्वाचनलाई भयरहित र निष्पक्ष कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा समितिमा छलफल भइरहेको र सुरक्षा रणनीति पनि तयार पारिएको छ ।

इलामका प्रमुख सीमा नाका पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, तुम्लिङ, सन्दकपुरलगायतका क्षेत्रमा सुरक्षा सतर्ककता बढाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छन् ।

nepal india border

विशेष