समाज

जाजरकोटमा द्वन्द्वपीडित परिवारलाई सम्मान

दीपबहादुर घर्ती

जाजरकोटमा द्वन्द्वपीडित परिवारलाई सम्मान

जाजरकोट: जिल्ला सदरमुका खलंगामा सनिवार द्वन्द्वपीडित परिवारलाई सम्मान गरिएको छ । नेपाल सरकारको कार्यक्रम अनुसार स्थानीय शान्ति समिति, जाजरकोटले द्वन्द्वपीडित परिवारलाई सम्मान गरेको हो ।

द्वन्द्वपीडित परिवारलाई जनही ५ सय रुपैया दिनुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको स्थानीय शान्ति समितिका संयोजक पृथ्वीबहादुर बुढाले वताए । सनिवार सम्मानित हुने द्वन्द्वपीडित परिवारहरुको संख्या ४० जनाभन्दा वढी रहेको संयोजक बुढाले जानकारी दिए ।

द्वन्द्वपीडित परिवारलाई गरिएको सम्मानलाई सम्मान ग्रहण गर्नका लागि जिल्ला सदरमुकामदेखि टाडा–टाडावाट सशस्त्र द्वन्द्वका क्रममा शहिद भएकाहरुका आफन्तजनहरु जिल्ला सदरमुकाम आई पुगेका थिए । कतिपय हिढडुल गर्न नसक्ने आफन्तजनलाई बोकेर जिल्ला सदरमुकाम खलंगामा पुर्याईएको थियो । भेरी नगरपालीका–१ पिपेकी सशस्त्र द्वन्द्वका क्रममा शहिद भएकी मनि परियारका ७० वर्षीय बुवा पहिले दमाईलाई बोकेर जिल्ला सदरमुकाम खलंगामा पुर्याईएको थियो ।

जाजरकोट जिल्लामा सशस्त्र द्वन्दका क्रममा शहिद भएका नेपाल सरकारवाट ५ लाख रुपैया राहत बुझ्ने नजिकका हकदारको संख्या ३ सय ७३ रहेको छ भने्, ३ लाख रुपैया राहत बुझ्ने नजिकका हकदारको संख्या १० रहेको छ । त्यसैगरी सशस्त्र द्वन्दका क्रममा वेपत्ता भएका नेपाल सरकारवाट ५ लाख रुपैया राहत बुझ्ने नजिकका हकदारको संख्या ८ रहेको छ भने, ३ लाख रुपैया राहत बुझ्ने नजिकका हकदारको संख्या २ रहेको छ ।

सशस्त्र द्वन्द्वका क्रममा ५१ प्रतिशतभन्दा माथि अंगभंग/घाईते/अपांग व्यक्तिहरु जीवन निर्वाह भत्ता वुझ्नेहरुमा प्रथम श्रेणीमा २३ जना रहेका छन् भने, विशिष्ट श्रेणीमा ५ जना रहेका छन् । त्यसैगरि एक जनाले ६५ प्रतिशत र एक जनाले ७० प्रतिशत जीवन निर्वाह भत्ता बुझेका छन् । सशस्त्र द्वन्दका क्रममा आमा, बाबु गुमाएर टुहुरा भएका बालबालीकाहरु टुहुरा छात्रवृति बुझ्ने बालबालिकाहरुको संख्या २४ रहेको छ भने, द्वन्द्वपीडित छात्रवृति बुझ्ने बालबालिकाहरुको संख्या १ सय ६६ रहेको छ ।

त्यसैगरी नेपाल प्रहरी सेवामा रहेर सशस्त्र द्वन्दका क्रममा ज्यान गुमाउने जाजरकोटका प्रहरीहरुको संख्या ८ जना रहेको छ भने, नेपाली सेनाको सेवामा रहेर ज्यान गुमाउनेको संख्या १ रहेको छ ।

विशेष